२०८२ साउन २० गते
काठमाडौं । कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो ।
रातभरको छलफलपश्चात मंगलबार बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।प्रतिवेदनले गडबडीमा नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको हस्ताक्षर रहेकाले उनी नैतिक रुपमा जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।
छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
संसदीय विशेष समितिको प्रतिवेदन तयार भएर प्रतिनिधिसभामा पेश भएसँगै कार्यान्वयनमा जानेछ । प्रतिनिधि सभा बैठक आजै दिउँसो १ बजे बस्दैछ । यसै बैठकमा प्रतिवेदन पेश गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया