आज २ बजे चार मन्त्रीले सपथ खाँदै, को-को बन्दैछन् मन्त्री ?

२०८२ कात्तिक ०९ गते

आज २ बजे चार मन्त्रीले सपथ खाँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । विगत केही दिन यताको छलफल पछि प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्‍मा थप ४ जना मन्त्री थप्न लागेकी हुन् । 


आइतबार डा। सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गौतम मन्त्री बन्दैछन् । बालुवाटार स्रोतका अनुसार गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइँदैछ ।

Advertisement:

Ad
Ad

 

त्यस्तै श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षा र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइन लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

 

नयाँ मन्त्री बन्न लागेकामध्ये गौतम पूर्वस्वास्थ्य सचिव, श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनार दलित अभियन्ता र गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक हुन् । शनिबार जेन(जी नेताहरूले मन्त्रीका लागि ७ जनाको नाम सिफारिस गरे पनि उनीहरूले दिएको नामबाट गुप्ता मात्र परेका हुन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथ आइतबारै हुनेछ । आइतबार दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।