मोटरसाइकलको ठक्करबाट बसमा आगो लाग्दा कम्तीमा २५ जनाको मृत्यु

२०८२ कात्तिक ०७ गते

मोटरसाइकलको ठक्करबाट बसमा आगो लाग्दा कम्तीमा २५ जनाको मृत्यु

हैदराबाद (भारत)। दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रवार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लाग्दा कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा अन्य धेरै घाइते भएको जनाइएको छ।


आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो । बसमा आगो केही मिनेटभित्रै फैलियो र केही यात्रु झ्याल फुटाएर बाहिर निस्कन सफल भए भने धेरैको मद्दत पुग्नु अघि नै जलेर मृत्यु भयो । वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकलले बसलाई पछाडिबाट ठोक्किँदा स्पार्कले बसको इन्धन ट्याङ्कीलाई भेटेको थियो ।

Advertisement:

Ad
Ad

 

बस चालकले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण गर्न नसकेको बताइएको छ । दुर्घटनाको समयमा अधिकांश यात्रु सुतिरहेका थिए । घटनामा अज्ञात बाइक सवारको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

 

फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

 

यो भारतमा दुई हप्ताभन्दा कम समयमा भएको दोस्रो घातक बस आगलागी हो । यसै महिनाको सुरुमा राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो ।राससरएपी