२०८२ कात्तिक ०९ गते
काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाइँले मारवाडी ठूला उद्योगी तथा व्यवसायीहरुले बिजुली बालेर पैसा तिर्दिन भन्छन् भने सह्य नहुने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाइँले आफूलाई अघिल्लो सरकारले कोशी प्रदेशमा सबै भन्दा धेरै बिजुली खपत गर्ने र बिल तिर्ने व्यवसायीका रुपमा सम्मान गरेको बताउँदै पैसा नतिर्ने मारवाडी व्यवसायीकै दवाबका कारण कुलमान घिसिङलाई पदबाट हटाएको जिकिर गरे ।
प्रसाइँले भने,'पवन गोल्यान लगायतका ठूला मारवाडी व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै बिजुलीको पैसा नतिर्ने भन्दै सरकारलाई धम्क््याउने गरेका छन्, अहिले पनि बिल नतिर्ने भन्दै बसिरहेका छन् ,यो अराजकता सह्य हुँदैन ।'
प्रतिक्रिया