वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको सकियो कार्यकाल,नदोहोर्याउने निर्णय

२०८२ कात्तिक ०५ गते

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको सकियो कार्यकाल,नदोहोर्याउने निर्णय

काठमाडौँ । नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिँदैछ ।अधिकारीको कार्यकाल यही कात्तिक ११ गते सकिन लागेको हो ।सामान्यतया अध्यक्षको पदावधि थपिने गरेकामा अधिकारी कार्यकाल भने सरकारले नथप्ने भएको हो । अधिकारी निगमको नेतृत्वमा रहुन्जेल कमजोर व्यवस्थापनका कारण नेपाल वायुसेवा निगम थप धराशायी बनेको कारण सुशीला कार्की नेतृत्वको सरकारले उनको पदावधि नथप्ने भएको हो । 

 

Advertisement:

Ad
Ad

करारमा आफन्त भर्ना, जहाज मर्मतमा स्वार्थ देखाएको, ट्राभल एजेन्सीसँगको मिलेमतो जस्ता आरोप लागेका अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार पुनर्नियुक्ति नगर्ने निष्कर्षमा पुगेको हो।

 

प्रधानमन्त्री निकट स्रोतका अनुसार निगममा तत्काल नयाँ नियुक्ति नगरी वरिष्ठतम् कर्मचारीलाई कार्यवाहक अध्यक्ष बनाउने तयारी छ। अधिकारीले बिदा हुनु अघि आफन्त र पार्टी कार्यकर्तालाई करारमा नियुक्त गरेका थिए, जसले निगममा दीर्घकालीन आर्थिक बोझ पर्ने बताइएको छ।