२०८२ असार २१ गते
काठमाडौँ । हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको हो ।स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।
पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन।बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। उनलाई भेट्न सीताराम कट्टेल धुर्मुससहित कुञ्जना घिमिरे सुन्तली घरमै पुगेका भेटेका थिए। साथै अन्य कलाकारहरुले समेत उनलाई भेट्न पुगेका थिए।
प्रतिक्रिया