२०८२ असोज २९ गते
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले जलविद्युत् कम्पनीहरुलाई साधारण सेयर ९आईपीओ० निष्काशनको अनुमति नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले १८ अर्ब २६ करोडबराबरको सेयर निष्काशन अनुमति रोकेको भन्दै विरोध जनाए।
हाल ३७ जलविद्युत् कम्पनी धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन्। कार्कीले आईपीओ अनुमति पाउन बिचौलियाको सहारा लिनुपर्ने अवस्था आएको उल्लेख गर्दै, नयाँ सरकारसँग समयमै प्रक्रिया टुंग्याउन आग्रह गरे।
उपमहासचिव प्रकाश दुलालले २०७२ मा भोटेकोशी आयोजनासँग भएको सम्झौताअनुसार निःशुल्क नभई सहमतिअनुसार सेयर दिनुपर्ने बताए।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ कमिसनको खेलमा लागेको आरोप लगाउँदै इप्पानले अब धितोपत्र बोर्डमै तालाबन्दी गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया