असार १५ गतेभित्र वार्षिक बीमा नीतिको लागि सुझाव दिन बीमा कम्पनीहरूलाई प्राधिकरणको आग्रह

२०८२ असार ०७ गते

असार १५ गतेभित्र वार्षिक बीमा नीतिको लागि सुझाव दिन बीमा कम्पनीहरूलाई प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले समग्र बीमा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ ‘वार्षिक बीमा नीति’ ल्याउन सुरु गर्ने भएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति, २०८२ को मस्यौदामाथि छलफल गरी वार्षिक बीमा नीतिका लागि आवश्यक सुझाव माग गरेको हो । 


शुक्रबार प्राधिकरणमा आयोजित एक छलफल कार्यक्रममा प्राधिकरणका अध्यक्ष सरद ओझाले बीमा क्षेत्रको सुधार विधिसम्मत रूपमा अगाडि बढोस्, प्रक्षेपित सेवा प्रवाह होस् र बीमा क्षेत्र अझै विश्वसनीय हुन सकोस् भनेर वार्षिक बीमा नीति ल्याउन सुरु गर्न लागिएको बताए । 

Advertisement:

Ad
Ad

वार्षिक बीमा नीतिको मस्यौदाको गहन अध्ययन गरी साना ठूला सबै किसिमका सुझावहरू यही असार १५ गतेभित्र दिन बीमा कम्पनीहरूलाई अध्यक्ष ओझाले आग्रह गरेका छन् ।