२०८३ वैशाख १८ गते
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
गोर खासगरी नेपालमा पछिल्लो समय विकसित राजनीतिक परिदृश्य बुझ्न तथा नयाँ सरकारका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने गरी नेपाल आएका हुन् । यद्यपि प्रधानमन्त्री शाहले अमेरिकाका सचिव स्तरका गोरसँग भेट नगर्ने बरु अन्य मन्त्रीहरुलाई उनीसँग भेट गरी वार्ता गर्न अह्राएको बुझिएको छ ।
नेपाल आइपुगेका गोर आज शुक्रवार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेसँग भेटेर झण्डै २० मिनेट वार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया