जलेको अवस्थामा भेटिएका रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु

२०८२ भदौ ११ गते

जलेको अवस्थामा भेटिएका रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ ।

जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । बुधबार पासवानले फेसबुक लाइभमा आएर रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि आत्मदाह प्रयास गरेका थिए । 

Advertisement:

Ad
Ad


जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।