उर्जामन्त्री दीपक खड्काको दाबी, 'मेरो नेतृत्वमा विद्युत् निर्यातको इतिहास रच्न सफल भएँ'

२०८२ भदौ ११ गते

उर्जामन्त्री दीपक खड्काको दाबी, 'मेरो नेतृत्वमा विद्युत् निर्यातको इतिहास रच्न सफल भएँ'

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले आफ्नो नेतृत्वमा विद्युत निर्यातमा रेकडर् कायम गरेको दाबी गरेका छन् ।उर्जा मार्गचित्र कोरेर काम गिररहँदा सफलता मिलेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन्, 'मेरो नेतृत्वमा हालसम्मकै सबैभन्दा बढी विद्युत् निर्यातको इतिहास रच्न सफल भएका छौँ । हाल भारत र बंगलादेशलाई गरी दैनिक १,१३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । यदि यही दरमा वार्षिक निर्यात कायम राख्न सकिने हो भने नेपालले करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ, जसअन्तर्गत ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री हुनेछ ।उर्जा मार्गचित्र (२०८१ सहित पहिलो चोटि हामीले दीर्घकालीन स्पष्ट लक्ष्य तय गरेको छ । सन २०३५ सम्म नेपालमा कुल २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने, यस अन्तर्गत भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट निर्यात गर्ने ठोस योजना तयार भएको छ ।हालसम्म नेपालले भारत र बंगलादेश गरि ११३० मेगावाट बढी विद्युत् निर्यात गरिरहेका छौ , जुन नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्वपूर्ण कदम हो । यस ऐतिहासिक यात्रामा अमूल्य योगदान र साथ दिनुहुने सम्पूर्ण संघ–संस्था तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।यस यात्रालाई अझ सफल बनाउन सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य छ । हामी सबैकै समन्वय र संयुक्त प्रयासमार्फत आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने हाम्रो लक्ष्य अवश्य पूरा हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।'

Advertisement:

Ad
Ad