२०८२ असार १० गते
काठमाडौँ। मंगलबार शेयर बजार झिनो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक ०.२२ अङ्कले घटेर २६००.५३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन छ अर्ब ४७ करोड बराबरको कारोबार भएकोमा यस दिन भने ५ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ।
यस दिन १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने अन्य १४२ कम्पनीको शेयर मूल्य घटेको छ । मंगलबार सर्वाधिक वृद्धि हुने कम्पनीमाओम मेगा फार्मास्युटीकल्स रहेको छ जसको शेयर ८.०१ प्रतिशतले बढेको छ । त्यसै गरी आज सर्वाधिक घट्नेमा एनआइसी एसिया डिबेन्चर ८५/८६ रहेको छ जसको शेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमको आधारमा सर्वाधिक कारोबार गर्नेमा सानिमा माई हाइड्रोपावर रह्यो जसको २७ करोड ६५ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार गर्नेमा शिवश्री हाइड्रोपावर रह्यो जसको छ लाख ९ सय ६६ कित्ता कारोबार भएको छ।
प्रतिक्रिया