वाणिज्य पोस्ट

Creator’s Posts

  • टेक एन्ड पे व्यवस्था संशोधन सुन्छ : मन्त्री खड्का

    ऊर्जा मन्त्री दीपक खड्काले टेक एन्ड पे व्यवस्था संशोधन हुने जानकारी दिएका छन् । साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ ।

    २०८२ असार ०९ गते
  • धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

    धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

    २०८२ असार ०९ गते
  • सरकारले निजी क्षेत्रका उर्जा उद्योगलाई आतंकित बनाउँदै छ : सांसद सिंह

    पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले एउटा आशाको किरणका रुपमा देखिएको निजी क्षेत्रका उर्जा उद्योगलाई सरकारल ‘टेक एण्ड पे–पीपीए’को व्यवस्थाले आतंका सृजना गरिराखेको बताएका छन् ।

    २०८२ असार ०९ गते
  • रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका  सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् ।

    २०८२ असार ०९ गते