२०८२ असोज १० गते
काठमाडौँ । जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार खर्च कटौतिमा आक्रमक प्रस्तुत भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको निर्णय बमोजिम आज अर्थमन्त्रालयले अनुत्पादक खर्च कटौती अनरुप पूर्व उच्च पदस्थ कर्मचारी तथा राजनीतिक दलका नेताहरुलाई दिइँदै आएको सवारी साधन,सुरक्षाकर्मी,जिन्सी सामान फिर्ता लिन गृहमन्त्रालय तथा रक्षामन्त्रालयलाई पत्राचार गरेको हो ।
पत्रमा भनिएको छ ,कानून बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्नरगराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२।०६।१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरिएको व्यहोरा जानकारी गराईन्छ ।
प्रतिक्रिया