इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ ।