२०८३ असोज ०४ गते
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । असोज ४ गते सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ७९५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला कारोबार दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको छ ।
प्रतिक्रिया