एक हजार पाँच सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२०८२ असार ११ गते