आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै
काठमाडौं । आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ। श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ।
पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको छ ।
२०८२ साउन २३ गते