काठमाडौ । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सबाट हुने आन्तरिक उडान पूर्ण रूपमा बन्द गरेको छ। नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै उडान बन्द भएको हो । निगमका अनुसार उक्त ट्विनअटरले गत शनिबारसम्म नियमित उडान गरिरहेको थियो।
इन्जिन अर्डर गरे पनि आइपुग्न समय लाग्ने भएकाले हालका लागि उडान ठप्प भएको निगमले भनेको छ । निगमसँग हाल आन्तरिक उडानका लागि जम्मा दुईवटा ट्वीअटर जहाज छन् । तर लामो समयदेखि एउटा मर्मतमा रहेकोले एउटा मात्रै उडिरहेको थियो । एउटा ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !