काठमाडौँ। मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यससँगै नेप्सेको लगातार सात दिन गिरावट आएको छ। आज नेप्से परिसूचक ३२.२१ विन्दुले घटेर २७१९.२० अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.१७ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा विकास बैंक उपसमूहको परिसूचक मात्रै १.९३ प्रतिशतले बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.४९ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब ३३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ९२ हजार ३१ पटकको कारोबारमा आठ अर्ब ३९ करोड बराबरको किनबेच भएको छ । जसमा ३२ कम्पनीका शेयर बढेका छन् भने २०९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी तीन कम्पनीका शेयर स्थिर रहेका छन् ।
मंगलबार सर्वाधिक बढ्ने स्टकमा महालक्ष्मी विकास बैंक रह्यो जसको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा नेस्ड़ो सम्वृद्धि लघुवित्त रह्यो जसको ६.६९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रह्यो जसको ५८ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा महालक्ष्मी विकास बैंक रह्यो जसको ९ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !