बारा । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने वा हाजिर नगराउने भन्ने विषयमा दुई पक्षबीच झडप भएकाे थियाे। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
प्रहरीको गोली लागेर २५ वर्षका लक्ष्मी मुखिया घाइते भएकी थिइन् । उपचारको क्रममा मुखियाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
Roshi Ghimire
Thursday, December 14th, 2023Galat bhairaxa Nepal ma