फाल्गुन ११, काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रको सहयोगमा हाल नेपालमा देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा छलफल भएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा विश्वव्यापी आर्थिक मन्दीको प्रभावका कारण दूध र दूग्धजन्य पदार्थको खपत र वितरण प्रक्रियामा परेको असर र न्युनिकरणबारे अन्तरक्रिया चलाइएको हो ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास वोर्डकी सम्झना कुमारी काफ्ले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचीव , डा. रेशम ज्ञावाली पशुसेवा विभागका सभापति, डि.बि बस्नेत कृषि उद्यम केन्द्र, डेरी विज्ञ नारायण श्रेष्ठ , अजवलाल यादव, सुवास ढकाल, विनोद गुप्ता, नारायण श्रेष्ठ, नेपाल एनिमल साइन्स एसोसिएसनका अध्यक्ष लोकनाथ ढकाल, , नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापा, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, पशुपालन तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीको उपस्थिती रहेको थियो ।
डेरी साईन्स एसोसिएसनका अध्यक्ष शिवराम सिंह ,एसोसिएसन अफ एग्रीकल्चरल जर्नलिस्टका अध्यक्ष किरण आचार्य, कार्यकारी निर्देशक राष्ट्रिय दुग्ध विकास वोर्डका डा राजेन्द्र यादव, नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, महासचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, सहकोषाध्यक्ष रामभक्त दाहाल, सहसचिव शिव भुषाल, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाई, सदस्यहरु रमेश सञ्जेल, रविशरण थापा, नवराज तिमल्सिना, शिव घिमिरे एवं बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, कोशी प्रदेशका गंगा खड्का, लुम्बिनीका थानेश्वर न्यौपाने, सुदुरपश्चिमका सचीव हर्क बहादुर चंद लगायतका पदाधिकारीहरु एवं करिब सयजना डेरी उद्योगी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिहरुबाट मन्त्रालयका सहसचिव सम्झना कुमारी काफ्लेले हाल भईरहेको समस्याको सबै मिलेर समाधान निकाल्न जोड दिंदै कार्यक्रम गरेकोमा नेपाल डेरी एसोसिएसनलाई धन्यवाद दिइन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. यादवले दुग्ध क्षेत्रको यो समस्या हल गर्न हर तवरले लागेको र सरोकारवालाहरुसँग पटक पटक छलफल गरि समाधानको खोजी गरिरहेको कुरा बताए।
कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले डेरी क्षेत्रको विकास र यसमा आउने समस्याको बारेमा नेपाल डेरी एसोसिएसनले सधैं अगाडि नै रहेको र आज यस्तो महत्वपूर्ण कार्यक्रम राखी किसान र डेरी उद्योगका समस्याका बारेमा सबै सरोकारवालालाई भेला गराई सबैको भावना बुझी रिपोर्ट बनाई सम्बन्धित निकायमा बुझाउने भएकोले कृषि उद्यम केन्द्रले त्यो रिपोर्ट सम्बन्धित निकायमा समस्या हल गर्न पहल गर्ने कुरा बताए । कार्यक्रम डेरी विज्ञ डा. नारायण श्रेष्ठले इतिहासमै यस्तो समस्या पहिलो पटक आएकोले सरोकारवाला र मन्त्रालयले समाधानको खोजी गर्नुपर्नेमा जोड दिए ।
अर्का डेरी विज्ञ अजवलाल यादवले दुधको समस्या आउनुमा सरोकारवालाको नै कमजोरी रहेकोले यसमा सबै व्यवसायी एकसाथ मिलेर अघि बढ्नुपर्ने कुरा बताए । नेपाल डेरी एसोसिएसनका संस्थापक अध्यक्ष श्रेष्ठले हाल उद्योगीहरुको हालत खराव रहेको र त्यसको समस्याले गर्दा दुग्ध क्षेत्रका सबै स्थानमा परेको कुरा राखे । निर्यात व्यवसायीको तर्फबाट उपाध्यक्ष थापाले हाल देशको परिस्थतिले समस्त निर्यातमा परेको समस्याबारे राज्यको ध्यानाकर्षण गराए ।
कार्यक्रमलाई अन्तमा सम्बोधन गर्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले हाल देशको अवस्था एवं दुग्ध क्षेत्रको समस्यालाई सबै मिलि समाधान गर्न अघि बढ्न अनुरोध गर्दै यसलाई सरकारले उद्योगी एवं किसानको हितमा काम गर्न कुनै न कुनै उपाय निकाल्नु पर्नेमा जोड दिए । उनले नेपाल डेरी एसोसिएसन संधै किसान र उद्योगको हितमा रहने कुरा राख्दै उद्योगीहरुलाई परेको पिडालाई समेत सम्झेर सरकारले ध्यान दिन अनुरोध गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !