काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्य एवं नेपाल डेरी एसोसिएसनको आयोजनामा पाँच दिने मिल्क एनालाइजर सञ्चालन, संभार तथा मर्मत तालिम कार्यक्रम रामेछापको मन्थलीमा आज फागुन २१ देखि २५ गतेसम्म शुरु भएको छ।
कार्यक्रमको शुभारम्भ मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठको प्रमुख आतित्यतामा भएको थियो । सो कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सदस्य एवं कार्यक्रम संयोजक भानु श्रेष्ठ, प्रशिक्षक गोविन्द शर्मा, मन्थली दुग्ध सहकारीका अध्यक्ष धुर्व थापा, सहकारीकर्मी प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रामेछाप सिन्धुली र दोलखाका गरी २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
प्रशिक्षक गोविन्द शर्माले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने केशर खत्रीले स्वागत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा मेयर श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न सबैलाई अनुरोध गर्दै समय अनुसार नयाँ नयाँ प्रविधिमा जानुपर्ने कुरा बताए । नेपाल डेरी एसोसिएसनले विभिन्न खालका गतिविधिहरु गर्ने क्रममा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै आफ्ना सदस्यहरूको हितमा विभिन्न ठाउँमा त्यहाँको आवश्यकता अनुसार यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने कुरा अध्यक्ष प्रहलाद दाहालले जानकारी गराए । राष्ट्रिय दूध विकास बोर्डले समय समयमा यस्ता कार्यक्रमहरू आयोजना गरी दुग्ध किसान र डेरी उद्योगीहरूको हितमा निरन्तर काम गर्ने गरेको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी गराए ।
तालिमको आयोजना गरेकोमा नेपाल डेरी एसोसिएसन र राष्ट्रिय विकास बोर्डलाई विशेष धन्यवाद दिदै रामेछापको मन्थलीमा तीनटा जिल्लाबाट आई मिल्क एनालाइजर सञ्चालन मर्मत सम्भार कार्यक्रमम सहभागी हुने सबैलाई विशेष धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !