काठमाडौँ । चालु आर्थिक वर्षको माघ महिनामा मूल्यवृद्धि दर घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार मूल्यवृद्धि दर ४.१६ प्रतिशत रहेको छ । जवकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ५.०१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो ।
समग्रमा मूल्यवृद्धि घटेको देखिएपनि समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्य १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने मरमसलाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !