युनिभर्सल पावर कम्पनीले गर्यो लाभांश सहित साधारण सभाको घोषणा

२०८० पुस ०९ गते

युनिभर्सल पावर कम्पनीले गर्यो लाभांश सहित साधारण सभाको घोषणा

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

Advertisement:

Ad
Ad

कम्पनीले  बार्षिक साधारण सभाको लागि मिति २०८०/०९/२९ गते को दिन तोकेको छ । साधारण सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ । यसका साथै कम्पनीले पौष १८ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।