यूएसआइडी बन्द हुँदा नेपालका कुन कुन क्षेत्रका बजेट प्रभावित भए ? अर्थमन्त्रालयले दियो प्रष्टिकरण

२०८१ फागुन १२ गते

यूएसआइडी बन्द हुँदा नेपालका कुन कुन क्षेत्रका बजेट प्रभावित भए ? अर्थमन्त्रालयले दियो प्रष्टिकरण

काठमाडौँ । अर्थमन्त्रालयले विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग यूएसआइडीबाट सञ्‍चालित कार्यक्रमहरुको सम्बन्धमा सञ्‍चार माध्यम तथा सामाजिक सञ्‍जालहरुमा आएका समाचार र टिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपतिबाट गत २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्‍चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको जनाएको छ । त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको अवस्था छ।

Advertisement:

Ad
Ad

डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्‍त नभएको व्यहोरा जानकारी गराइन्छ।