२०८० चैत ०९ गते
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा। अरनिको पाण्डे, प्रा। संगीता सिंह, डा। कुशरेन्द्रबहादुर महत र प्रा। शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।
सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया