यसअघि पनि दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन मल्ल,अफशोच यसपटक आकाशमै प्राण त्यागे

२०८१ साउन २३ गते

यसअघि पनि दुर्घटनामा परेर बाँचेका थिए क्याप्टेन मल्ल,अफशोच यसपटक आकाशमै प्राण त्यागे

काठमाडौं। बुधबार आज नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । जसमा चारजना चिनिँया नागरिक छन् भने एकजना हेलिकप्टरका क्याप्टेन अरूण मल्ल रहेका छन् ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेशीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको हो । क्याप्टेन मल्ल यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेका थिए । तर त्यो समयमा उनी बाँच्न सफल भएका थिए ।

Advertisement:

Ad
Ad

२०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको(एन–एइएक्स -एएस–३५०) हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।

हेलिप्याडमा अवतरणको क्रममा विमान पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना घाइते भएका थिए भने पाइलट मल्ल र अर्का यात्रु सोनाम छिरिङ शेर्पा भने सकुशल रहन सफल भएका थिए ।