यो वर्ष तालिम, गोष्ठि, सेमिनार नहुने, बजेट कटौतीका लागि प्रस्ताव तयार

२०८२ असोज ०२ गते

यो वर्ष तालिम, गोष्ठि, सेमिनार नहुने, बजेट कटौतीका लागि प्रस्ताव तयार

काठमाडौ । अर्थमन्त्रालयले यो वर्ष तालिम, गोष्ठि, सेमिनार लगायत बैठकमा कुनै पनि खर्च नगर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सरकारको ध्यान निर्वाचनमा मात्रै भएकाले यो वर्षलाई तालिम, गोष्ठि र कुनै पनि सेमिनार नगर्ने बताएका छन् । उक्त कार्यक्रममा हुने बजेट कटौती गर्ने गरी अर्थ मन्त्रालयले प्रस्ताव समेत तयार पारिसकेको  खनालले बताए ।

 

Advertisement:

Ad
Ad

उनका अनुसार यस अघि प्रदेश र संघको निर्वाचन गराउँदा २५ अर्ब रुपैयाँ खर्च भएको अधारमा यसपाली पनि सोही हाराहारीमा बजेट खर्च हुने अनुमान गरेर स्रोतको जोहो हुने भएको छ ।अर्थमन्त्रीका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनर्निर्माणमा लगाउने तयारी छ।