२०८३ जेठ २८ गते
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनेले यस्तो चुनौती दिएका हुन् ।
नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक सुनिए ।
दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु भन्दै अर्थमन्त्री डा. वाग्लेले भने, यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?
प्रतिक्रिया