नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने वृद्धि

२०८३ वैशाख १५ गते

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने वृद्धि

काठमाडौँ । मंगलबार नेपाली शेयर बजारमा उच्च गिरावट देखिएको छ। अघिल्लो दिन सोमबार सामान्य सुधारसहित बन्द भएको नेप्से, यस दिन भने दोहोरो अंकको गिरावटसहित राताम्य भएर बन्द भएको हो। यस दिन नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७०.२६ विन्दुमा झरेको छ। त्य

 

Advertisement:

Ad
Ad

बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार २६९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। सोमबारको बजारमा भने ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो।

 

यस दिन डिबेञ्चर समूहका स्टकहरूमा भने आकर्षक वृद्धि देखिएको छ। हिमालयन बैंक लिमिटेड बन्ड, २०८६ को मूल्य ६ प्रतिशतले बढेको छ भने शाइन रेसुङ्गा डिबेञ्चर ३.४० प्रतिशतले उकालो लागेको छ। तर, कारोबारका क्रममा केही स्टकमा तीव्र गिरावट पनि देखियो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले घटेको छ भने राइज लाइन इनर्जीको शेयर मूल्य १०.२७ प्रतिशतले झरेको छ।

 

कारोबार रकमका आधारमा यस दिन पाल्पा सिमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

१३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै सामान्य अंकले हरियो रहँदा बाँकी १२ उपसमूह घटेर बन्द भएका छन्। होटल उपसमूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह २.४६ प्रतिशतले झरेको छ। त्यस्तै विकास बैंक र जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।