विनोद चौधरीको जन्म दिनमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात

२०८१ वैशाख ०२ गते

विनोद चौधरीको जन्म दिनमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात

काठमाडौँ। सीजी मोटर्सले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको जन्म दिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरिएको छ । हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरेको हो । विनोद चौधरीका छोरा तथा सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा एसेम्बली प्लान्ट निर्माण हुने भएको हो । ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने छ ।

Advertisement:

Ad
Ad

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १६५ जनाले यहाँ रोजगारी पाउने छन् । केही समय पहिले मात्र हिरोको आधिकारिक बिक्रेता ज्योति समूहबाट चौधरी ग्रुपको सीजी मोटर्सले लिएको थियो ।