विमानस्‍थलबाट अवैध सुनसहित महिला पक्राउ

२०८० पुस २२ गते

विमानस्‍थलबाट अवैध सुनसहित महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला अवैध सुनसहित पक्राउ परेकी छन्। शनिबार मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिलाको साथबाट १ हजार ३ सय ग्राम सुन बरामद गरिएको हो ।

विमानस्थल प्रहरीका अनुसार  पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीया महिला कान्थीम्याथी कभास्कर छन्। उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएको प्रहरीले जानकारी दिएको छ।

Advertisement:

Ad
Ad