विदाईका हात हल्लाउनेका ताँतीले भरिभराउ विमानस्थल (फोटोफिचर)

२०८१ पुस ०७ गते

विदाईका हात हल्लाउनेका ताँतीले भरिभराउ विमानस्थल (फोटोफिचर)

काठमाडौँ । रोजगारी तथा शिक्षाका लागि विदेशिने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिकजसो भरिभराउ हुने गरेको छ ।  वैदेशिक रोजगारीका लागि देश छाड्ने र अध्ययन गर्न जाने विद्यार्थी र विदाईका लागि पुग्ने तिनका आफन्तले विमानस्थलमा चाप थेगिनसक्नु हुने गरेको छ । दिनहुँ २ हजार देखि २२ सयसम्म युवाहरु अध्ययन तथा रोजगारीका लागि विदेशिने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिन ठिक्क परेका युवा पङ्तिहरु कतिपय उल्लास पूर्वक हाँसिरहेका देखिन्थे त कतिपय मलिन अनुहार लिएर आफन्तसँग विदाईका हातहरु हल्लाइरहेका थिए । अस्थिर राजनीतिले सृजना गरेको अन्यौलपूर्ण भविश्यलाई दिशा दिन भन्दै देशबाट बाहिरिनेहरुको संख्या पछिल्ला १० वर्षमा उल्लेख्य रुपमा बढेको छ । हेरौँ केही तस्विरहरु-

Advertisement:

Ad
Ad