वर्तमान सत्ता गठबन्धन विघटनसँगै प्रतिनिधिसभाको आजको बैठक स्थगित

२०८० फागुन २१ गते

वर्तमान सत्ता गठबन्धन विघटनसँगै प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक  स्थगित भएको छ । बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

यसअघि विकसित राजनीतिक परिस्थितिमा आजका लागि निर्धारित  बैठकका सम्बन्धमा  सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गरेका थिए ।

Advertisement:

Ad
Ad

दलहरूको सुझावका आधारमा बैठकबारे निर्णयमा पुग्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए ।

प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।