वाणिज्य बैंक जोगाउन केन्द्रिय बैंकले लियो नयाँ रणनीति, प्रणालीगत जोखिम घटाउन फ्रेमवर्क जारी

२०८२ मंसिर ०९ गते

वाणिज्य बैंक जोगाउन केन्द्रिय बैंकले लियो नयाँ रणनीति, प्रणालीगत जोखिम घटाउन फ्रेमवर्क जारी

काठमाडौ । नेपाल राष्ट्र बैंकले क वर्गका बाणिज्य बैंकहरु जोगाउन नयाँ रणनीति लिएको छ । ठुला बैंकको प्रणालीगत जोखिम घटाई वित्तिय स्थिरता कायम गर्न नयाँ फ्रेमवर्क जारी गरिएको केन्द्रिय बैंकले भनेको छ ।

प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूको पहिचान गरी उनीहरुलाई असफल हुनबाट जोगाउन 'डोमेस्टिक सिस्टमेटिक इम्र्पोटेन्ट बैंक फ्रेमवर्क २०२५ ' जारी भएको हो  । यो फ्रेमवर्क  नियामक निकायद्वारा गरिएको मूल्यांकन, बैंकको आकार, अन्तरआवद्धता, प्रतिस्थापन योग्यतामा आधारित छ ।

Advertisement:

Ad
Ad

स्थानीय वित्तीय प्रणाली र अर्थतन्त्रमा कुनै बैंकको असफलताले पार्ने प्रभावलाई सबैभन्दा राम्रोसँग स्थानीय अधिकारीहरुले नै मापन गर्न सक्ने भएकाले  नियामकको नियमन र सुपरिवेक्षणलाई नै फ्रेमवर्कको  आधार मानिएको  छ । 

२००८ को विश्व वित्तीय सङ्कटका दौरान  धेरै प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूको पतन भएको थियो । ठूलो वित्तीय संस्थाको असफलताले विश्व अर्थतन्त्रमा कति व्यापक विनाशकारी असर पार्न सक्छ भन्ने कुराबाट पाठ सिकेर नेपालले बैंक जोगाउँन नयाँ फ्रेमवर्क जारी गरेको हो ।

प्रणालीगत जोखिम नियन्त्रणमा केन्द्रित यस फ्रेमवर्कका  अनुसार बैंकको आकारका आधारमा ४० प्रतिशत, अन्तरआवद्धताका आधारमा ३० प्रतिशत, प्रतिस्थापन योग्यताका अधारमा १५ प्रतिशत र जटिलताका आधारमा १५ प्रतिशत भार दिइएको छ । यहि भारका आधारमा प्रणालीगत रुपमा महत्वपूर्ण बैंक छनौट हुनेछ ।

प्रणालीगत स्कोर नेपाल राष्ट्र बैंकको रिपोर्टिङ पोर्टल मा  वाणिज्य बैंकहरूले रिपोर्ट गरेको डेटा आधारमा गणना गरिनेछ।