२०८२ असोज २५ गते
काठमाडौं । जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जेनजीको बदनाम नगर्न पनि उनीहरुले चेतावनी समेत दिएका छन् ।
जेनजी २.० का प्रवक्ता अविन लिम्बुले जेनजीका नाममा विभिन्न राजदूतावासहरुमा गएर मन्त्री तथा पदहरु मगेर जेनजीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।लिम्बुले सार्वजनिक गरेको जेनजी सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाईते योद्धा तथा सहिद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार निर्मुल तथा नियन्तरण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साह छन् ।
जेनजी २.० ले तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेर कानुनी दायरामा ल्याउनुपर्ने, भ्रष्टाचारमा सून्य सहनशीलता, जेनजी पुस्ताहरु एक हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, एनजिओ तथा आइएजिओेहरु खारेज गर्नुपर्ने मुख्य मुद्धाहरु रहेको र सो पूरा नभए फागुन २१ गते घोषित निर्वाचन विथोल्ने जनाएको छ ।
प्रतिक्रिया