उर्जा राज्यमन्त्रीको कम्पनीसहित १४ निर्माण कम्पनी कालोसूचिमा, हेरौँ कुन कुन परे कारबाहीमा-

२०८१ कात्तिक २३ गते

उर्जा राज्यमन्त्रीको कम्पनीसहित १४ निर्माण कम्पनी कालोसूचिमा, हेरौँ कुन कुन परे कारबाहीमा-

काठमाडौं । सरकारले विभिन्न १४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । यसरी कालोसूचिमा पर्ने कम्पनीमा उर्जा मन्त्रालयका राज्यमन्त्री एवम् कांग्रेस नेता पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन पनि परेको छ । विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका यी कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । अन्य कम्पनीहरुमा रमिला लामा मुख्य व्यक्ति रहेको एन।बी। कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

Advertisement:

Ad
Ad

हेर्नुहोस् कालोसूचीमा परेकाहरुको विवरण–