२०८२ वैशाख ०३ गते
नवलपरासी (पश्चिम) । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बर्दघाट पुगेका छन्। बर्दघाटको त्रिवेणी चोकमा स्थानीय जनप्रतिनिधि पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई स्वागत गरेका छन् ।
पार्टीको बर्दघाट नगर समितिको कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दाउन्नेको अवस्था हेर्न पनि सडक मार्गबाटै गएको बताए । ‘यो बाटोको विषयमा विभिन्न चर्चा परिचर्चा थिए, बाटो छिचोल्नै सकिँदैन दुम्किबासबाटै १०/१२ घण्टा लाग्न सक्छ भन्ने पनि थियो, भरतपुर नै फर्किएर भैरहवा हुँदै जानेकी भन्ने पनि थियो तर जति घण्टा लागे पनि दाउन्नेबाटै जानुपर्छ भन्ने लाग्यो’ उनले भने ।
पछिल्लो समय कामले गति लिएको बताउँदै अध्यक्ष प्रचण्डले स्थलगत अवलोकनपछि निर्माणको अवस्थाका बारेमा सदनमा बाटोका विषयमा बोल्ने बताए। जति बाटोको विषयमा सुनिएको थियो तुलनात्मक रुपमा सहज तरिकाले आफूहरू आइपुगेको उनले बताए।
अध्यक्ष प्रचण्डसँगै माओवादी नेताहरू अग्नि सापकोटा, देव गुरुङ, कृष्ण बहादुर महरा लगायत सहभागी छन् ।
जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान’ अन्तर्गत भोलि सदरमुकाम परासीमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड नवलपरासी गएका हुुन् ।
प्रतिक्रिया