उद्योग मन्त्री भण्डारी भन्छन् - 'इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं'

२०८१ भदौ २४ गते

उद्योग मन्त्री भण्डारी भन्छन् - 'इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं'

काठमाडौं । पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रणको बहस चलिरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ईथानोलको मूल्य तोक्ने काम अघि बढेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा सरकार धेरै अघि बढिसकेको बताउँदै मूल्य निर्धारणको काम मात्र बाँकी रहेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं’ मन्त्री भण्डारीले भने । इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन समेत गरिसकेको उनले बताए ।

Advertisement:

Ad
Ad

२०६० सालमा नै सरकारले वातावरणमैत्री ईथानोल आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म मिश्रण गर्न सकिने व्यवस्था गरेकाले यो सम्भव भएको नेपाल आयल निगमले बताउँदै आएको छ ।  इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ साथै यसको प्रयोगले देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउन मद्दत पुग्ने बताइन्छ ।

छिमेकी मुलुक भारत र चीनले समेत पेट्रोलियम पदार्थमा १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने नेपाल आयल निगमले जनाएको छ । इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजितलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्था  भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्याउनले लक्ष्य राखेको छ ।