२०८२ वैशाख ०२ गते
काठमाडौ । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगमा खटिने कर्मचारीलाई साढे १ करोड रुपैयाँभन्दा बढी निकासा भएको छ । अर्थमन्त्रालयले उनीहरुलाई प्रोत्साहन भत्ता र सचिवालय सञ्चालन खर्चका लागि उक्त रकम उपलब्ध गराएको बताएको छ ।
आयोगले केही दिन अघि मात्र अर्थमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार बिहान अर्थमन्त्रालयमा पूर्वसचिव रामेश्वर खनालको संयजकत्वमा गठित समितले उक्त प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन बनाउँन ६ महिना लागेको थियो । पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन भएको थियो ।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल थिए।
प्रतिक्रिया