२०८१ चैत २६ गते
काठमाडौँ। मंगलबार नेप्से एकल अंकले घटेको छ। आज दिनभर नेप्से दोहोरो अङ्कले घटे पनि अन्त्यमा बजार सम्हालिंदा परिसूचक न्यून अङ्कले मात्र घट्न पुगेको छ । यस दिन नेप्से परिसूचक ३.४४ विन्दुले घटेर २६६६.६१ अंकमा अडिएको छ । बजार खुलेदेखि नै उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.१२ प्रतिशतले घटेको हो ।
नेप्स परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब ६५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५३ हजार चार सय ९२ पटकको कारोबारमा पाँच अर्ब ३० करोड बराबरको किनबेच भएको छ । जसमा १२१ कम्पनीका शेयर बढेका छन् भने १२३ कम्पनीका शेयर घटेका छन् ।
मंगलबार सर्वाधिक बढ्ने स्टकमा बोटलर्स नेपाल तराई, विन नेपाल लघुवित्त, र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा बाराही हाइड्रोपावर रह्यो जसको शेयरमा ५.८५ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी रह्यो जसको ५९ करोड १४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा कुमारी सबल योजना शेयर रह्यो जसको पांच लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया