ठगीको आरोपमा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ पुस २२ गते

ठगीको आरोपमा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ठगीको आरोपमा संसद्‌को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो।

Advertisement:

Ad
Ad

उनले एमबिबिएसको प्रवेश परीक्षामा पास गराइदिने भन्दै ठगी गरेको आरोप छ। उनले सप्तरीका बौआलाल चौधरीबाट पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप लागेको छ।

चौधरीकी छोरीलाई एमबिबिएसको प्रवेश परीक्षामा पास पनि गराइदिने र होस्टेलमा पनि राखिदिने भन्दै उनले रकम लगेको आरोप छ।