गुणस्तरहीन म्याङ्गो ड्रिङ्क र चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश

२०८२ पुस ३० गते

गुणस्तरहीन म्याङ्गो ड्रिङ्क र चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश

काठमाडौँ । बजारमा बिक्री वितरण भइरहेको केही खाद्य पदार्थ तत्काल फिर्ता (Recall) गर्न सरकारद्वारा आदेश जारी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा सरकारी मापदण्डअनुसार गुणस्तर नपुगेको पुष्टि भएपछि ती उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो ।

 

Advertisement:

Ad
Ad

विभागका अनुसार हाइजन रश म्यांगो ड्रिंक (Hygen RUHSH Mango Drink) (२०० मि.लि.) को NMR 107M1 ब्याच तथा रोयल आसाम (Royal Assam) चिया (५०० ग्राम) को WC.330P ब्याच गुणस्तरहीन देखिएको छ। परीक्षणमा यी उत्पादनमा कुल घुलनशील ठोस पदार्थ तथा अन्य सूचकहरू तोकिएको मापदण्डभन्दा कम पाइएको विभागले जनाएको छ।

 

उक्त पेय पदार्थ हाइजन प्याक्स नेपाल प्रा लि (Hygen Packs Nepal Pvt. Ltd.), कमल गाउँपालिका, झापा र चिया मोडर्न टि इण्डसट्रिज (Modern Tea Industries (P) Ltd.), भद्रपुर, झापाले उत्पादन गरेको सूचनामा उल्लेख छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम ती ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र बिक्री–वितरण नगर्न/नगराउन निर्देशन दिइएको छ । विभागले उपभोक्तालाई यी ब्याच नम्बरका उत्पादन प्रयोग नगर्न आग्रह गर्दै सम्बन्धित व्यवसायी तथा विक्रेतालाई आदेशको पूर्ण पालना गर्न चेतावनीसमेत दिएको छ।