तारा गाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

२०८० मंसिर १८ गते

तारा गाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । होटल्स संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

होटल्सले हाल कायम चुक्ता पुँजीको १ करोड ८८ लाख ६६ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरि १५ प्रतिशत (कर सहित) वितरण गर्ने भएको छ ।

Advertisement:

Ad
Ad

उक्त प्रस्ताव आगामी २७औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको होटल्सले जनाएको छ ।