स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

२०८१ असोज १३ गते

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

Advertisement:

Ad
Ad

कम्पनीले हाल कायम चुक्त पुँजीको १४. २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०. ७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।