सूर्योदय वोमी लघुवित्तले संस्थापकले नकिनेपछि सर्वसाधारणमा जारी गर्यो ७ हजारभन्दा बढी कित्ता शेयर

२०८१ भदौ २४ गते

सूर्योदय वोमी लघुवित्तले संस्थापकले नकिनेपछि सर्वसाधारणमा जारी गर्यो ७ हजारभन्दा बढी कित्ता शेयर

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ७ हजार ६३४ कित्ता शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर जारी गरेको यो शेयर विक्री नभएपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

प्रकाश थापा मगरको नाममा रहेको यी शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । यो शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ।

Advertisement:

Ad
Ad