सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति पाउँदैछन् लगानीकर्ताले?

२०८० चैत २१ गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति पाउँदैछन् लगानीकर्ताले?

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हाे । जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहने छ भने २४.७४ प्रतिशत नगद लभांश रहेको छ।

Advertisement:

Ad
Ad

चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गरिनेछ।