सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

२०८१ भदौ २५ गते

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement:

Ad
Ad

सोमबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।