२०८० फागुन २३ गते
काठमाडौँ । आज फागुन २३ गते, बुधबार सुनको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानाएको छ ।
हिजो मात्रै सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनामएको थियो । बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
यस्तै चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया